काठमाडाैं- थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयाेजक नेपालले तेस्राे खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसाे १ः१५ बजेबाट सुरु हुनेछ।
नेपाल आज नेदरल्यान्ड्समाथि जित हात पारे एक खेल अगावै फाइनलमा पुग्नेछ। नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले हराएकाे थियाे। त्यस्तै दाेस्राे खेलमा प्रतियाेगिताकै कमजाेर मानिएकाे मलेसियालाई ९ विकेटले नै हराएकाे थियाे।
नेपाल ४ अंककाे साथ शीर्ष स्थानमा रहेकाे छ। यता, नेदरल्यान्ड्सले आजकाे खेल जितेमा आफ्नाे फाइनल यात्रा बलियाे बनाउनेछ। नेदरल्यान्ड्सले पहिलाे खेलमा नेपालसँग हार ब्यहाेरेकाे थियाे भने दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।
नेदरल्यान्ड्सकाे २ खेलमा एक जितसहित २ अंक रहेकाे छ। यता, मलेसिया दुबै खेलमा पराजित हुँदै अंकबिहिन छ। नेदरल्यान्ड्स टी२० वरीयतामा एसोसिएट राष्ट्रको पाँचौं स्थानमा छ। नेदरल्यान्ड्सलाई एसोसिएट राष्ट्र मध्यको बलियो टोली मानिँदै आएकाे छ।
नेपाल र नेदरल्यान्ड्सबीच ७ टि२० आई खेल भएको छ, जसमा नेपालले ३ खेलमा जित हात पारेकाे छ। यस्तै, ३ खेलमा पराजित भएको थियो। एक खेल वर्षाको कारण नतिजाबिहिन भएकाे थियाे।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम र सन्दीप जाेरा।
नेदरल्यान्ड्स टिम : पिटार सिलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मिकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।