बामाकाे- मालीमा लामो समयदेखि द्वन्द्वरत दुई पक्ष जिहादी र परम्परागत शिकारीहरु बीचमा झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।
देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा भएको झडपमा उनीहरुकाे मृत्यु भएकाे हाे।
दुई पक्षका एक/एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो।
घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन्। हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको सरकारी अधिकारीहरुले बताएका छन्।
मालिमा जिहादी विद्रोही र परम्परागत शिकारीहरुका बीचमा बेलाबेलामा हिंसात्मक झडप हुँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।