काठमाडाैं- सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रणका लागि ३० बुँदे आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साँझ यो आदेश जारी गरेको हो।
३० बुँदे आदेशमा वैशाख महिनाभर देशभरका प्रमुख शहरमा विद्यालय बन्द गर्ने, भीडभाड हुने सबै गतिविधिमा रोक लगाउने उल्लेख छ। त्यसैगरी, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ।
त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरिएकाे छ।
यता, बिहान ८ देखि राति ८ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरिएकाे छ। ८ बजेपछि होम डेलिभरी भने गर्न पाइनेछ।
यसैगरी, राजमार्गका होटलमा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।