• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्डले पायो औपचारिकता, सरकारको समेत ५ प्रतिशत लगानी रहने

64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  १९:३७
1140x725

काठमाडौं- गैरआवासीय नेपालीको वैदेशिक लगानी, अर्थ मन्त्रालयको समन्वय एवं सहजीकरणमा सरकारको शेयर लगानीसहितको ‘१० अर्बको एनआरएन डेभ्लपमेन्ट फण्ड’ले औपचारिकता पाएको छ। एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडले नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भित्र्याउँदै देश विकासमा काम गर्ने गरी कम्पनी खडा भएको हो।

उक्त लिमिटेड कम्पनी रजिष्ट्रारमा दर्ता भइसकेको छ। १० अर्बको कोषमा सरकारको ५० करोड रुपैयाँ रहेको छ। कम्पनीको सुरुवाती रकम १० अर्बको भएपनि १ खर्ब रुपैयाँसम्म लगानी भित्र्याउनेगरी काम गर्ने भएको छ।

१० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ। यसले गैरआवासीय नेपालीलाई लक्षित गर्दै छिट्टै आईपीओ (प्राथामिक शेयर) समेत निष्कासन गर्ने छ।

जसमा १०औं लाख गैरआवसीय नेपाली सहभागी गराउने लक्ष्यकासाथ संसारभर खडा गरिएका एनआरएन च्याप्टरले कोषको प्रवर्द्धन, पूँजीको परिचालन लगायत अन्य विविध लगानीयोग्य कोषको निर्माण गर्ने कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले जानकारी दिए।

यसले उत्पादनशिल क्षेत्र र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ। २०७५ चैतमा भएको लगानी सम्मेलनको अवसरमा १० अर्बको लगानी भित्र्याउने गरी गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहमति भएको  थियो। सोहीअनुसार कम्पनी दर्ता गरेर काम अघि बढाइएको हो। कम्पनीका अध्यक्ष संघको संस्थापक अध्यक्ष महतो रहेका छन्।

२००७ मा सय मिलियन डलर लगानी ल्याउने अवधारणा आएको थियो। 'नेपालका लागि नेपाली' नारा अनुसार यो अवधारणा आएको थियो। तर, यो अहिले बढेर १ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य  भएपनि सुरुवाती रकम भने १० अर्ब रहेको कम्पनीले जनाएको छ।

साना तथा ठूला सबै लगानीकर्तालाई नेपालको विकासमा योगदान दिने उद्देश्यका साथ सुरु भएको कोषले लगानीसँगै ज्ञान, सीप पनि ल्याउने, विशेषगरी विदेशमा रहेका नेपालीलाई लगानीको अवसर सिर्जना गर्नेछ।

‘सरकारी विकास प्राथमिकतामा रहेर काम गर्छ। पर्यावरण र सुशासनमा पनि ध्यान दिन्छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा लगानीसँगै कर्पोरेट सुशासन र लगानी सम्बन्धमा सुझाव समेत दिन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

कोषको औपचारिक घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘कोष स्थापनाका लागि हामी सफल भएका छौं। तर, अब नयाँ चुनौति खडा भएको छ। छरिएको पूँजी संगठित मात्र होइन, ज्ञान, पूँजी र कल्चर पनि आउँछ भन्ने जुन कुरा छ, त्यो कायम रहोस्।’

राम्रा आयोजनामा लगानी गर्ने, लगानीको प्रतिफल पनि आउने, सरकारलाई पनि फाइदा हुने अवस्था आउँछ भन्ने विषयमा आफू विश्वस्त रहेको अर्थमन्त्री पौडेलले बताए।

‘यसबाट सबै नेपालीमा आशा जागेको छ। सरकारले यसमा सहयोग मात्र गर्छ। कुनै पनि समस्या परेमा हामी सहयोग गर्न चाहन्छौं। सहयोगबाहेक अरु केही पनि हुँदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘सँगै तपाईंहरुले अरु लगानीकर्ताका माझमा लगानी दूत भएर काम गर्नुहोस्।’

पौडेलले बैंकिङभन्दा अर्को च्यानलबाट लगानी आउन नहुने र राष्ट्रिय प्राथमिकतामा हुनुपर्ने बताए। साथै कालो धन भने हुन नहुने बताए। ‘हामी लगानीमैत्री वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छौं। राजनीतिक रूपमा पनि अनुकूल भएको छ। हिंसाका सबै अवशेष अन्त्य भएका छन्। सिके राउतदेखि विप्लवसम्मका पक्षहरु मुलधारमा आएका छन्। यसले शान्तिको अवस्था सिर्जना भएका छन्। यो काम हामीले नै गरेका हौं,’ पौडेलले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय संघ स्थापना हुँदा नै आफूहरूले सम्भावना छ, विकास पनि हुन्छ र त्यसका लागि हामी सहभागी हुनुपर्छ भनेर मिहिनेत गरेको बताए। 

‘सय मिलियन डलर त्यतिबेलाको हो। व्यक्तिगत रुपमा अहिले पनि लगानी आइरहेको छ। रोजगारी पनि सिर्जना भएको छ। अब यो १ खर्ब रुपैयाँसम्मको कोष हुन्छ,’ पन्तले भने, ‘हाइड्रोदेखि होटलसम्म हाम्रो लगानी छ। अर्को भेन्चर पनि छ। आईपीओ पनि जारी भइसकेको छ। यसमा १० अर्ब रुपैयाँ कम्तिमा हुन्छ। पाँच प्रतिशत सरकारको हुनेछ। अबका दिनमा पचासौं अर्बको फन्ड हुनेछ।’

उनले थपे, ‘हामी यो कोष एक खर्बको बनाउँछौं। यसमा पुँजी र प्रविधि, सुशासन र कर्पोरेट कल्चर पनि आउँछ। यसमा नेपालीहरुले पनि साथ दिन्छन्,’ कोषका अध्यक्ष डा महतोले भने, ‘पैसा आएर थन्काउने मात्र होइन। नेपालीले अनुभव गर्ने परियोजना अघि बढाउँछौं।’

सोही अवरसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले भने, ‘यो दुई पक्षबीचमा लगानी गर्नका लागि एउटा कोष बनेको हो। लगानी आउने प्रक्रिया निरन्तर हुनेछ। यसले धेरै ठाउँमा लगानी गर्नसक्छ। धेरै पक्षमा अध्ययन गर्छ। परियोजना  अध्ययन गर्छ। विदेशी लगानीका सम्बन्धमा लगानी बहुक्षेत्र हो। यसले प्रत्यक्ष लगानी गर्दैन। यो होल्डिङ कम्पनीका रुपमा विकास गर्नुपर्छ।’

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापित हानि–नोक्सानी कोषको अक्टोबर २२ मा बसेको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णय... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्