• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१० अर्बको एनआरएन डेभलपमेन्ट फण्डले पायो औपचारिकता, सरकारको समेत ५ प्रतिशत लगानी रहने

64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  १९:३७
1140x725

काठमाडौं- गैरआवासीय नेपालीको वैदेशिक लगानी, अर्थ मन्त्रालयको समन्वय एवं सहजीकरणमा सरकारको शेयर लगानीसहितको ‘१० अर्बको एनआरएन डेभ्लपमेन्ट फण्ड’ले औपचारिकता पाएको छ। एनआरएन डेभलपमेन्ट फण्ड लिमिटेडले नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भित्र्याउँदै देश विकासमा काम गर्ने गरी कम्पनी खडा भएको हो।

उक्त लिमिटेड कम्पनी रजिष्ट्रारमा दर्ता भइसकेको छ। १० अर्बको कोषमा सरकारको ५० करोड रुपैयाँ रहेको छ। कम्पनीको सुरुवाती रकम १० अर्बको भएपनि १ खर्ब रुपैयाँसम्म लगानी भित्र्याउनेगरी काम गर्ने भएको छ।

१० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य छ। यसले गैरआवासीय नेपालीलाई लक्षित गर्दै छिट्टै आईपीओ (प्राथामिक शेयर) समेत निष्कासन गर्ने छ।

जसमा १०औं लाख गैरआवसीय नेपाली सहभागी गराउने लक्ष्यकासाथ संसारभर खडा गरिएका एनआरएन च्याप्टरले कोषको प्रवर्द्धन, पूँजीको परिचालन लगायत अन्य विविध लगानीयोग्य कोषको निर्माण गर्ने कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले जानकारी दिए।

यसले उत्पादनशिल क्षेत्र र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ। २०७५ चैतमा भएको लगानी सम्मेलनको अवसरमा १० अर्बको लगानी भित्र्याउने गरी गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहमति भएको  थियो। सोहीअनुसार कम्पनी दर्ता गरेर काम अघि बढाइएको हो। कम्पनीका अध्यक्ष संघको संस्थापक अध्यक्ष महतो रहेका छन्।

२००७ मा सय मिलियन डलर लगानी ल्याउने अवधारणा आएको थियो। 'नेपालका लागि नेपाली' नारा अनुसार यो अवधारणा आएको थियो। तर, यो अहिले बढेर १ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य  भएपनि सुरुवाती रकम भने १० अर्ब रहेको कम्पनीले जनाएको छ।

साना तथा ठूला सबै लगानीकर्तालाई नेपालको विकासमा योगदान दिने उद्देश्यका साथ सुरु भएको कोषले लगानीसँगै ज्ञान, सीप पनि ल्याउने, विशेषगरी विदेशमा रहेका नेपालीलाई लगानीको अवसर सिर्जना गर्नेछ।

‘सरकारी विकास प्राथमिकतामा रहेर काम गर्छ। पर्यावरण र सुशासनमा पनि ध्यान दिन्छ,’ उनले भने, ‘विभिन्न क्षेत्रमा लगानीसँगै कर्पोरेट सुशासन र लगानी सम्बन्धमा सुझाव समेत दिन्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

कोषको औपचारिक घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘कोष स्थापनाका लागि हामी सफल भएका छौं। तर, अब नयाँ चुनौति खडा भएको छ। छरिएको पूँजी संगठित मात्र होइन, ज्ञान, पूँजी र कल्चर पनि आउँछ भन्ने जुन कुरा छ, त्यो कायम रहोस्।’

राम्रा आयोजनामा लगानी गर्ने, लगानीको प्रतिफल पनि आउने, सरकारलाई पनि फाइदा हुने अवस्था आउँछ भन्ने विषयमा आफू विश्वस्त रहेको अर्थमन्त्री पौडेलले बताए।

‘यसबाट सबै नेपालीमा आशा जागेको छ। सरकारले यसमा सहयोग मात्र गर्छ। कुनै पनि समस्या परेमा हामी सहयोग गर्न चाहन्छौं। सहयोगबाहेक अरु केही पनि हुँदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘सँगै तपाईंहरुले अरु लगानीकर्ताका माझमा लगानी दूत भएर काम गर्नुहोस्।’

पौडेलले बैंकिङभन्दा अर्को च्यानलबाट लगानी आउन नहुने र राष्ट्रिय प्राथमिकतामा हुनुपर्ने बताए। साथै कालो धन भने हुन नहुने बताए। ‘हामी लगानीमैत्री वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छौं। राजनीतिक रूपमा पनि अनुकूल भएको छ। हिंसाका सबै अवशेष अन्त्य भएका छन्। सिके राउतदेखि विप्लवसम्मका पक्षहरु मुलधारमा आएका छन्। यसले शान्तिको अवस्था सिर्जना भएका छन्। यो काम हामीले नै गरेका हौं,’ पौडेलले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय संघ स्थापना हुँदा नै आफूहरूले सम्भावना छ, विकास पनि हुन्छ र त्यसका लागि हामी सहभागी हुनुपर्छ भनेर मिहिनेत गरेको बताए। 

‘सय मिलियन डलर त्यतिबेलाको हो। व्यक्तिगत रुपमा अहिले पनि लगानी आइरहेको छ। रोजगारी पनि सिर्जना भएको छ। अब यो १ खर्ब रुपैयाँसम्मको कोष हुन्छ,’ पन्तले भने, ‘हाइड्रोदेखि होटलसम्म हाम्रो लगानी छ। अर्को भेन्चर पनि छ। आईपीओ पनि जारी भइसकेको छ। यसमा १० अर्ब रुपैयाँ कम्तिमा हुन्छ। पाँच प्रतिशत सरकारको हुनेछ। अबका दिनमा पचासौं अर्बको फन्ड हुनेछ।’

उनले थपे, ‘हामी यो कोष एक खर्बको बनाउँछौं। यसमा पुँजी र प्रविधि, सुशासन र कर्पोरेट कल्चर पनि आउँछ। यसमा नेपालीहरुले पनि साथ दिन्छन्,’ कोषका अध्यक्ष डा महतोले भने, ‘पैसा आएर थन्काउने मात्र होइन। नेपालीले अनुभव गर्ने परियोजना अघि बढाउँछौं।’

सोही अवरसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले भने, ‘यो दुई पक्षबीचमा लगानी गर्नका लागि एउटा कोष बनेको हो। लगानी आउने प्रक्रिया निरन्तर हुनेछ। यसले धेरै ठाउँमा लगानी गर्नसक्छ। धेरै पक्षमा अध्ययन गर्छ। परियोजना  अध्ययन गर्छ। विदेशी लगानीका सम्बन्धमा लगानी बहुक्षेत्र हो। यसले प्रत्यक्ष लगानी गर्दैन। यो होल्डिङ कम्पनीका रुपमा विकास गर्नुपर्छ।’

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्