टेक्सास- अमेरिकाकाे अस्टिनमा भएकाे गाेलीबारीमा तीन जनाकाे मृत्यु भएकाे छ।
ग्रेट हिल्स ट्रेल र रेन क्रिक पार्कवेसँगै रहेकाे शपिङ्ग सेन्टरमा गाेली चलेकाे हाे।
अस्टिन प्रहरी विभाग अनुसार घटनमा संलग्न कसैलाई पनि पक्राउ गरिएकाे छैन। यद्यपि, यस घटनाबाट सर्वसाधारणलाई कुनै खतरा नरहेकाे प्रहरीकाे भनाइ छ।
३ दिन अगाडि मात्रै इन्डियानापोलिस सहरमा भएकाे गाेलीबारीमा ७ जनाकाे मृत्यु भएकाे थियाे।
इन्डियानापोलिसको एयरपोर्ट नजिकै मिराबेल रोड ८९५१ स्थित फेड एक्स कम्पनीका पूर्वकर्मचारी १९ वर्षीय ब्रान्डन स्कटले गोली चलाएका हुन्।
आक्रमणकारी स्कटले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए। यस घटनापछि आक्रोशित व्यक्तिहरुले सडकमा प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।