काठमाडौं– नेपालमा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।
गत २४ घण्टाको अवधिमा देशभर आरटी–पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप १ हजा २ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७ हजार १ जनाको आरटी–पीसीआर र ५ सय ४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १ हजा २ सय २७ र एन्टेजिन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयता सोमबार पनि उच्च संख्यामा संक्रमितहरु थपिएका छन्।
गत चैत दोस्रो सातासम्म दोहोरो अंकमा सीमित रहेको दैनिक कोरोना संक्रमितको दर पछिल्लो समय बढ्दै गएको छ। भारतमा कोरोना संक्रमणको दोस्रो लहर ब्यापक बनिरहेका बेला नेपालमा समेत त्यसको असर देखिन थालेको हो।
नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएयता पहिलोपटक सोमबार १२ सयभन्दा बढी संक्रमित थपिएका छन्।
सोमबार १ हजार २ सय ८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ। हालसम्म संक्रमण देखिएकामध्ये २ लाख ७५ हजार ५ सय ५५ जना संक्रमण मुक्त भएका जनाइएको छ।
हाल देशभर ७ हजार २ सय ५४ जना सक्रिय संक्रमित रहेका जनाइएको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको तथा ८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।