काठमाडौं- थ्री नेसन्स टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ११० रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमात्र जोड्न सक्यो। अब जितका लागि नेपालले ११० रन बनाउनुपर्नेछ। मलेसियाका सायेद अजिजले सर्वाधिक २७ रन बनाए।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा करन केसीले तीन विकेट लिए। यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए।
जारी सिरिजमा नेपालको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।