काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा उनले संसद् अधिवेशन अन्त्य गरेकी हुन्।
'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १:०० बजेदेखि अन्त्य गरेको छ,' राष्ट्रपति भण्डारीले प्रतिनिधिसभालाई पठाएको पत्रमा उल्लेख छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।