• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर

विज्ञ भन्छन्- यही गतिमा संक्रमण बढे भेन्टिलेटर नपाएर मृत्यु हुनेकाे संख्या बढ्न सक्छ
64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  ०९:४४
1140x725
फाइल तस्बिर

काठमाडौं - कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमा जटिल खालका बिरामीको संख्या बढ्दै गएको छ। जटिल खालका बिरामीको लागि छुट्याइएका आइसियु र भेन्टिलेटर कक्ष भरिएका छन्। 

कोभिड-१९ को उपचारका लागि देशभर १ हजार १ सय ६ आइसियु र ४ सय ६१ भेन्टिलेटर छुट्याइएका छन्। जसमध्ये आइतबारसम्म १६२ वटा आइसियु र भेन्टिलेटर जटिल खालका बिरामीले भरिएका छन्। ११६ जना आइसियु र ४६ जना भेन्टिलेटरमा छन्। 

भेन्टिलेटर चाहिने जटिल खालका बिरामीको संख्या दैनिक बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि भेन्टिलेटर चाहिने बिरामीको संख्या दैनिक उकालो लाग्दै गएको पुष्टि गर्छ। 

भेन्टिलेटर चाहिने आधा संक्रमित काठमाडौं उपत्यकामा
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला 'रेड जोन' अन्तर्गत परेका छन्। काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ उकालो लाग्दै छ। संक्रमितको संख्यामा वृद्धि मात्र भएको छैन, जटिलता पनि उत्तिकै बढ्दो छ। 

देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामीको संख्या १६२ छ। जसमध्ये जटिल भेन्टिलेटर चाहिने करिब आधाजति संक्रमित अर्थात् ६६ काठमाडौं उपत्यकाका मात्र छन्। 

प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ६० आइसियु र २८ भेन्टिलेटर बिरामीले भरिएका छन्। 

कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि पुनः कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जटिल खालका बिरामीको संख्या दिनहुँ बढ्दो छ। अस्पतालले कोरोनाको उपचारका लागि २० आइसियु र ११ भेन्टिलेटरको व्यवस्था गरेको छ। यो पनि भरिभराउँ हुँदैछन्। यहाँ २० मध्ये ५ आइसियु र ११ मध्ये ४ वटा भेन्टिलेटर मात्र खाली छन्। 

हाल ३९ जना संक्रमित उपचाररत छन्। जसमध्ये १५ जना आइसियु र सात जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रमुख कन्सलटेण्ट डा अनुप बास्तोलाले बताए। आइसियु र भेन्टिलेटर जटिल खालका बिरामीको संख्या शुक्रराज अस्पतालमा दैनिक बढ्दै गएको उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘जटिल खालका बिरामीको संख्या दैनिक बढ्दै छन्। कोरोनालाई सामान्य रुपमा लिदा नै यो स्थिति सिर्जना भएको हो।’ जनस्वास्थ्यका मापदण्ड पालना नगरे र कोरोनालाई सामान्य रुपमा लिए स्थिति अझ भयावह हुँदै जाने उनको भनाइ छ। हाल अस्पतालमा देखिएको संक्रमितको तथ्यांकले गत भदौ असोजमा बढेको संक्रमितको अवस्थालाई स्मरण गराउने उनी बताउँछन्। 

संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर मृत्यु हुने बिरामीको संख्या बढ्न सक्ने उनको अनुमान छ। शय्या अभावमा बिरामीको मृत्यु हुन नदिन सबैले सावधानी अपनाउनुपर्नेमा उनी जोड दिन्छन्। उनी भन्छन्, ‘भोलि बेड नपाउने र भेन्टिलेटरको अभावमा बिरामीको मृत्यु हुने अवस्था नआओस्। यसका लागि हामी आफैँ सतर्क हुन आवश्यक छ। कोरोनालाई सामान्य रुपमा लिने भूल कहिले गर्नु हुँदैन।’ 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आइसियु र भेन्टिलेटरको आवश्यक पर्ने बिरामीको संख्या बढ्दो क्रममा छ। जटिल खालका बिरामीको उपचारका लागि यस अस्पतालले ११ शय्याको आइसियु छुट्याएको छ। जुन सबै भरिभराउँ छन्। 

आइसियुमा रहेका ११ जना संक्रमितमध्ये तीन जनालाई भेन्टिलेटर चाहिएको कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। हाल १७ जना संक्रमित आइसोलेसन वार्डमा उपचाररत छन्। हाल कोरोना संक्रमण भइ जटिल अवस्थामा भर्ना हुने संक्रमितको संख्या दैनिक बढ्दै गएको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पनि अवस्था उस्तै छ। आइसियु र भेन्टिलेटर भरिदै गएका छन्। अस्पतालले २० आइसियु र ८ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ। तर अहिले नै यो संख्या भरिदै गएका छन्। 

हाल ५६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १४ जना आइसियु र ४ जनालाई भेन्टिलेटर चाहिएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीण नेपालले बताए। बिरामीको चाप अनुसार आइसियु र भेन्टिलेटरको संख्या बढाउन सकिने उनले बताए।उनले भने, ‘अहिले आइसियु र भेन्टिलेटर चाहिएर अस्पताल आउने बिरामीको संख्या बढ्दो छ। हामी आवश्यकता र चाप अनुसार बढाउँदै लैजान सक्छौ।’

वीर अस्पतालमा पनि भेन्टिलेटर चाहिने बिरामी थेग्न नसक्ने देखिएको छ। कोभिडको उपचारका लागि वीर अस्पतालमा दुई वटा भेन्टिलेटर मात्र छन्। जसमध्ये अहिले एक जना बिरामीलाई उक्त भेन्टिलेटर प्रयोग गरिएको छ। 

हाल अस्पतालसँग १० वटा भेन्टिलेटर उपलब्ध रहेपनि कोभिडका लागि दुई वटा भेन्टिलेटर मात्र छुट्याइएको कोभिड फोकल पर्सन डा अच्युतराज कार्कीले बताए। बाँकी आठ वटा भेन्टिेलटर नन कोभिडको बिरामीको लागि चाहिने उनको भनाई छ। 

उनले भने, ‘हामीसँग अहिले १० वटा भेन्टिलेटर मात्र छन्। जसमध्ये कोभिडका लागि दुई वटा मात्र उपलब्ध गराउन सक्छौं। बाँकी ननकोभिड बिरामीको लागि आवश्यक पर्छ। त्यसैले भेन्टिलेटर चाहिने दुई भन्दा बढी बिरामी आए हामीलाई समस्या पर्छ।’ वीर अस्पतालमा हाल १७ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये ५ आइसियु र एक जना भेन्टिलेटरमा छन्। 

अस्पतालले थेग्न नसक्ने अवस्था आउँछ
कोरोना भाइरस हाल आक्रामक शैलीमा फैलिदै गएको विज्ञहरुको विश्लेषण छ। यही गतिमा संक्रमण फैलिदै गए अस्पतालले बिरामीको संख्या थेग्न नसक्ने अवस्था आउने जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित बताउँछन्। भन्छन्, ‘अहिले कोरोना संक्रमण निकै आक्रामक शैलीमा फैलिरहेको छ। एकै दिन हजार बढी संक्रमित भेटिनु भनेको सामान्य होइन। यो झनै बढ्ने देखिन्छ।’

कोरोनाको संक्रमणको चेनब्रेक गर्न अति प्रभावित जिल्लामा लकडाउन गर्नुपर्ने उनको तर्क छ। देशभर नभई जोखिमका आधारमा सरकारले लकडाउनको विकल्प सोच्ने बेला आएको उनको भनाइ छ। ‘म आफैँ पहिला लकडाउन गर्न हुँदैन। अन्य विकल्प खोज्नुपर्छ भन्ने गर्थें’ उनले भने, ‘तर अहिलेको अवस्था हेर्दा सबै ठाउँमा होइन तर अति प्रभावित क्षेत्रमा भने लकडाउन गर्नुपर्ने सोच्ने बेला आएको छ।’

हाल देखिएको नयाँ भाइरस तिव्र गतिमा फैलिरहेकाले कम्तीमा पनि १५ दिनको लकडाउन गर्नुपर्ने उनले बताए। कोरोना सर्ने जोखिम भएका भीडभाड हुने क्षेत्रलाई बन्द गर्नेतर्फ सरकारले सोच्नुपर्ने उनले बताए। 

‘संक्रमण बढ्ने क्रम पहिले र अहिले धेरै फरक छ। सरकारले अब यो जिल्लामा यति आइसियु र भेन्टिलेटर छ। यो भन्दा बढी बिरामी आए हामी थेग्न सक्दैनौ भने र नियन्त्रण बाहिर गए लकडाउन आवश्यक छ,’ उनले भने। जटिल खालका समस्या लिएर अस्पताल भर्ना हुने क्रम बढ्दै गए मृत्युदर पनि बढ्दै जाने उनी बताउँछन्। सरकारले संक्रमणको यो गतिलाई रोक्न विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। उनले भने, ‘अस्पतालमा जटिल खालका समस्या लिएर भर्ना हुने क्रम बढ्दो छ। जुन रफ्तारमा यो बढीरहेको छ। यो रफ्तार रोक्नैपर्ने हुन्छ। यही क्रम रह्यो र बिरामीले बेड पाउने अवस्था रहेन भने मृत्युदर बढ्छ।’

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला कोरोना संक्रमणको जोखिम कम गर्नका लागि व्यक्तिहरु सेल्फ लकडाउनमा बस्नुपर्ने बताउँछन्। उनका अनुसार अत्यावश्यक बाहेक बाहिर ननिस्कने, सामाजिक दूरी कायम गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरे जोखिम कम गर्न सकिन्छ। 

विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए। ‘यस्तो अवस्थामा सिनेमा हल किन जानुपर्यो? घुम्न अनि पिकनिक मनाउन किन जानुपर्यो? यो बेला अत्यावश्यक काम बाहेक बाहिर निस्कन हुँदैन। हामी आफैँ सेल्न लकडाउनमा बस्नुपर्छ’ उनले भने। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा चार करोड खसीको व्यापार
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्