• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर

विज्ञ भन्छन्- यही गतिमा संक्रमण बढे भेन्टिलेटर नपाएर मृत्यु हुनेकाे संख्या बढ्न सक्छ
64x64
नेपाल लाइभ सोमबार, वैशाख ६, २०७८  ०९:४४
1140x725
फाइल तस्बिर

काठमाडौं - कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमा जटिल खालका बिरामीको संख्या बढ्दै गएको छ। जटिल खालका बिरामीको लागि छुट्याइएका आइसियु र भेन्टिलेटर कक्ष भरिएका छन्। 

कोभिड-१९ को उपचारका लागि देशभर १ हजार १ सय ६ आइसियु र ४ सय ६१ भेन्टिलेटर छुट्याइएका छन्। जसमध्ये आइतबारसम्म १६२ वटा आइसियु र भेन्टिलेटर जटिल खालका बिरामीले भरिएका छन्। ११६ जना आइसियु र ४६ जना भेन्टिलेटरमा छन्। 

भेन्टिलेटर चाहिने जटिल खालका बिरामीको संख्या दैनिक बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि भेन्टिलेटर चाहिने बिरामीको संख्या दैनिक उकालो लाग्दै गएको पुष्टि गर्छ। 

भेन्टिलेटर चाहिने आधा संक्रमित काठमाडौं उपत्यकामा
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला 'रेड जोन' अन्तर्गत परेका छन्। काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ उकालो लाग्दै छ। संक्रमितको संख्यामा वृद्धि मात्र भएको छैन, जटिलता पनि उत्तिकै बढ्दो छ। 

देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामीको संख्या १६२ छ। जसमध्ये जटिल भेन्टिलेटर चाहिने करिब आधाजति संक्रमित अर्थात् ६६ काठमाडौं उपत्यकाका मात्र छन्। 

प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ६० आइसियु र २८ भेन्टिलेटर बिरामीले भरिएका छन्। 

कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि पुनः कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जटिल खालका बिरामीको संख्या दिनहुँ बढ्दो छ। अस्पतालले कोरोनाको उपचारका लागि २० आइसियु र ११ भेन्टिलेटरको व्यवस्था गरेको छ। यो पनि भरिभराउँ हुँदैछन्। यहाँ २० मध्ये ५ आइसियु र ११ मध्ये ४ वटा भेन्टिलेटर मात्र खाली छन्। 

हाल ३९ जना संक्रमित उपचाररत छन्। जसमध्ये १५ जना आइसियु र सात जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रमुख कन्सलटेण्ट डा अनुप बास्तोलाले बताए। आइसियु र भेन्टिलेटर जटिल खालका बिरामीको संख्या शुक्रराज अस्पतालमा दैनिक बढ्दै गएको उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘जटिल खालका बिरामीको संख्या दैनिक बढ्दै छन्। कोरोनालाई सामान्य रुपमा लिदा नै यो स्थिति सिर्जना भएको हो।’ जनस्वास्थ्यका मापदण्ड पालना नगरे र कोरोनालाई सामान्य रुपमा लिए स्थिति अझ भयावह हुँदै जाने उनको भनाइ छ। हाल अस्पतालमा देखिएको संक्रमितको तथ्यांकले गत भदौ असोजमा बढेको संक्रमितको अवस्थालाई स्मरण गराउने उनी बताउँछन्। 

संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर मृत्यु हुने बिरामीको संख्या बढ्न सक्ने उनको अनुमान छ। शय्या अभावमा बिरामीको मृत्यु हुन नदिन सबैले सावधानी अपनाउनुपर्नेमा उनी जोड दिन्छन्। उनी भन्छन्, ‘भोलि बेड नपाउने र भेन्टिलेटरको अभावमा बिरामीको मृत्यु हुने अवस्था नआओस्। यसका लागि हामी आफैँ सतर्क हुन आवश्यक छ। कोरोनालाई सामान्य रुपमा लिने भूल कहिले गर्नु हुँदैन।’ 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आइसियु र भेन्टिलेटरको आवश्यक पर्ने बिरामीको संख्या बढ्दो क्रममा छ। जटिल खालका बिरामीको उपचारका लागि यस अस्पतालले ११ शय्याको आइसियु छुट्याएको छ। जुन सबै भरिभराउँ छन्। 

आइसियुमा रहेका ११ जना संक्रमितमध्ये तीन जनालाई भेन्टिलेटर चाहिएको कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। हाल १७ जना संक्रमित आइसोलेसन वार्डमा उपचाररत छन्। हाल कोरोना संक्रमण भइ जटिल अवस्थामा भर्ना हुने संक्रमितको संख्या दैनिक बढ्दै गएको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पनि अवस्था उस्तै छ। आइसियु र भेन्टिलेटर भरिदै गएका छन्। अस्पतालले २० आइसियु र ८ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ। तर अहिले नै यो संख्या भरिदै गएका छन्। 

हाल ५६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १४ जना आइसियु र ४ जनालाई भेन्टिलेटर चाहिएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीण नेपालले बताए। बिरामीको चाप अनुसार आइसियु र भेन्टिलेटरको संख्या बढाउन सकिने उनले बताए।उनले भने, ‘अहिले आइसियु र भेन्टिलेटर चाहिएर अस्पताल आउने बिरामीको संख्या बढ्दो छ। हामी आवश्यकता र चाप अनुसार बढाउँदै लैजान सक्छौ।’

वीर अस्पतालमा पनि भेन्टिलेटर चाहिने बिरामी थेग्न नसक्ने देखिएको छ। कोभिडको उपचारका लागि वीर अस्पतालमा दुई वटा भेन्टिलेटर मात्र छन्। जसमध्ये अहिले एक जना बिरामीलाई उक्त भेन्टिलेटर प्रयोग गरिएको छ। 

हाल अस्पतालसँग १० वटा भेन्टिलेटर उपलब्ध रहेपनि कोभिडका लागि दुई वटा भेन्टिलेटर मात्र छुट्याइएको कोभिड फोकल पर्सन डा अच्युतराज कार्कीले बताए। बाँकी आठ वटा भेन्टिेलटर नन कोभिडको बिरामीको लागि चाहिने उनको भनाई छ। 

उनले भने, ‘हामीसँग अहिले १० वटा भेन्टिलेटर मात्र छन्। जसमध्ये कोभिडका लागि दुई वटा मात्र उपलब्ध गराउन सक्छौं। बाँकी ननकोभिड बिरामीको लागि आवश्यक पर्छ। त्यसैले भेन्टिलेटर चाहिने दुई भन्दा बढी बिरामी आए हामीलाई समस्या पर्छ।’ वीर अस्पतालमा हाल १७ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये ५ आइसियु र एक जना भेन्टिलेटरमा छन्। 

अस्पतालले थेग्न नसक्ने अवस्था आउँछ
कोरोना भाइरस हाल आक्रामक शैलीमा फैलिदै गएको विज्ञहरुको विश्लेषण छ। यही गतिमा संक्रमण फैलिदै गए अस्पतालले बिरामीको संख्या थेग्न नसक्ने अवस्था आउने जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित बताउँछन्। भन्छन्, ‘अहिले कोरोना संक्रमण निकै आक्रामक शैलीमा फैलिरहेको छ। एकै दिन हजार बढी संक्रमित भेटिनु भनेको सामान्य होइन। यो झनै बढ्ने देखिन्छ।’

कोरोनाको संक्रमणको चेनब्रेक गर्न अति प्रभावित जिल्लामा लकडाउन गर्नुपर्ने उनको तर्क छ। देशभर नभई जोखिमका आधारमा सरकारले लकडाउनको विकल्प सोच्ने बेला आएको उनको भनाइ छ। ‘म आफैँ पहिला लकडाउन गर्न हुँदैन। अन्य विकल्प खोज्नुपर्छ भन्ने गर्थें’ उनले भने, ‘तर अहिलेको अवस्था हेर्दा सबै ठाउँमा होइन तर अति प्रभावित क्षेत्रमा भने लकडाउन गर्नुपर्ने सोच्ने बेला आएको छ।’

हाल देखिएको नयाँ भाइरस तिव्र गतिमा फैलिरहेकाले कम्तीमा पनि १५ दिनको लकडाउन गर्नुपर्ने उनले बताए। कोरोना सर्ने जोखिम भएका भीडभाड हुने क्षेत्रलाई बन्द गर्नेतर्फ सरकारले सोच्नुपर्ने उनले बताए। 

‘संक्रमण बढ्ने क्रम पहिले र अहिले धेरै फरक छ। सरकारले अब यो जिल्लामा यति आइसियु र भेन्टिलेटर छ। यो भन्दा बढी बिरामी आए हामी थेग्न सक्दैनौ भने र नियन्त्रण बाहिर गए लकडाउन आवश्यक छ,’ उनले भने। जटिल खालका समस्या लिएर अस्पताल भर्ना हुने क्रम बढ्दै गए मृत्युदर पनि बढ्दै जाने उनी बताउँछन्। सरकारले संक्रमणको यो गतिलाई रोक्न विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। उनले भने, ‘अस्पतालमा जटिल खालका समस्या लिएर भर्ना हुने क्रम बढ्दो छ। जुन रफ्तारमा यो बढीरहेको छ। यो रफ्तार रोक्नैपर्ने हुन्छ। यही क्रम रह्यो र बिरामीले बेड पाउने अवस्था रहेन भने मृत्युदर बढ्छ।’

सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला कोरोना संक्रमणको जोखिम कम गर्नका लागि व्यक्तिहरु सेल्फ लकडाउनमा बस्नुपर्ने बताउँछन्। उनका अनुसार अत्यावश्यक बाहेक बाहिर ननिस्कने, सामाजिक दूरी कायम गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरे जोखिम कम गर्न सकिन्छ। 

विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए। ‘यस्तो अवस्थामा सिनेमा हल किन जानुपर्यो? घुम्न अनि पिकनिक मनाउन किन जानुपर्यो? यो बेला अत्यावश्यक काम बाहेक बाहिर निस्कन हुँदैन। हामी आफैँ सेल्न लकडाउनमा बस्नुपर्छ’ उनले भने। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यस प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेक... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्