काठमाडाैं–विकासको क्रममा रहेको नेपाली समाजका लागि बिहे अगाडि केटा र केटी श्रीमान श्रीमतीजस्तै बस्नु अनौठो कुरा हो।
अचम्म लागेपनि पाश्चात्य संस्कृतिबाट नेपाल छिरिसकेको लिभिङ रिलेसनमा युवा पुस्ता आकर्षित छ। गाउँदेखि शहर पढ्न बसेका केटाकेटी समेत आफूले प्रेम गर्ने मानिससँग बिहेअघि नै सँगै बसेका समाचार पनि आइरहन्छन्।
तर यस्ता समाचार सुखद् भने हुँदैनन्। अधिकांश युवती लिभिङमा बसेपछि आफू अलपत्र अवस्थामा प्रहरीको शरण लिन पुगेपछि ती घटना समाचार बन्छन्। लिभिङ रिलेसनमा एक जनासँग बस्ने अनि घरमा बाबुआमाको प्यारो ज्ञानी छोरो बनेर अर्कै केटीसँग बिहे गर्ने गरेकाले नेपाल जस्तो विकासाेन्मुख देशमा लिभङ रिलेसन बददनाम बनेको छ।
यही विषयबस्तुलाई लिएर बनेको छोटो फिल्म हो, मन बार। २१ मिनेटको फिल्ममा नायिका सुरक्षा पन्त र नायक कोशिस क्षेत्रीलाई हेर्न सकिन्छ। उनीहरुको अभिनय जीवन्त देख्न सकिन्छ। जीवन शाहीले निर्देशन गरेको छोटो फिल्मलाई गोविन्द प्रसाद शाहले निर्माण गरेका हुन्। रुपेन्द्र खड्गीले यसको कथा लेख्ने कामदेखि पटकथा र संवाद सम्म लेखेका हुन्।
निरज कँडेलले छोटो फिल्मलाई खिच्ने काम गरेका हुन् भने, संपादन नवीन निरौला र सम्पादन दिनसन शाहले गरेका हुन्। छोटो फिल्म मन बार युट्युवमा नि: शुल्क हेर्न पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।