काठमाडाैं- दुई रूसी र एक अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा ६ महिना बिताएर उनीहरु शनिबार पृथ्वीमा फर्किएका हुन्।
सोयुज अन्तरिक्षयानमार्फत् उनीहरु स्थानिय समयअनुसार ४:५५ मा कजाकस्तानस्थित घासे मैदान अवतरण गरेका थिए।
नासाका अनुसार नासाका केट रुबिन्स्, रूसी सेर्गेई रिजकोभ र सर्गेई कुद सेभच्र्कोभ पृथ्वीमा फर्किए हुन्।
'तीनै जनाले अवतरण गरिसकेका छन्। उनीहरु स्वास्थ्य छन् र आफूलाई गुरुत्वाकर्षणमा ढाल्न थालेका छन्, ' रूसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसका प्रमुख दिमित्री रोगगिनले भने।
तीनै जना गत १४ अक्टुबरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए। अहिले साे स्थानमा सात जना बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।