काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस, सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने ।
२) सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे उपनिर्वाचनदेखि एमसीसीसम्मको चर्चा, सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक काम गरेको आरोप, संसद्मा कामै गर्न नदिएको गुनासो ।
३) कर्णाली प्रदेशसभा विद्रोहलाई लिएर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता नेपालबीच भेटवार्ता, कर्णालीमा देखिएको समस्या र त्यसको असर गण्डकी प्रदेशमा पनि देखिने आँकलन ।
४) बंगलादेशमा तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कामदारमाथि गोली प्रहार, ४ जनाको मृत्यु, मजदुरसँग ६ प्रहरी कर्मचारी पनि घाइते ।
५) र, थ्रि नेसन्स कप क्रिकेटमा नेपालको विजयी सुरुवात, नेदरल्याण्ड्स ९ विकेटले पराजित, डेब्यू टि–२० खेलमा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतक पूरा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।