काठमाडाैं- पछिल्लो २४ घण्टामा ८४३ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४ जनाको पीसीआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे। आज थपिएकासँगै नेपालमा अहिलेसम्म कूल संक्रमितकाे संख्या दुई लाख ८३ हजार ६५८ पुगेकाे छ।
आज देखिएका संक्रमितमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन्। यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन्।
नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ। यसैगरी संक्रमणबाट थप दुई जनाको निधन भएको छ। अहिलेसम्म निधन हुनेको संख्या तीन हजार ७५ जना पुगेको छ।
यसैगरी संक्रमितमध्ये एक सय जना सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। काठमाडौं उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
प्रदेश नं १ र २ मा दुई/दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन्।
यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन्।
मन्त्रालयले नेपाल भारतका नौ सीमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा संक्रमण देखिएको जनाएको छ। बेलहैया हेल्थ हेस्क रुपन्हेदीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा संक्रमण देखिएको छ। अहिलेसम्म तीन सीमानाकामा ६६५ मा संक्रमण देखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।