काठमाडाैं- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको थ्रि नेसन्स कप क्रिकेटमा दर्शकको उल्लेख्य उपस्थिति देखिएकाे छ।
कोरोना महामारीको दोस्रो लहर सुरु भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेकाे हाे।
सरकारले कोरोना संक्रमण बढी देखिएका १४ जिल्लामा भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपनि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको सिरिजको खेल हेर्न हजारौंको संख्यामा दर्शकहरु मैदानमै पुगेका थिए।
कोरोना भाइरसको महामारीबीच सुरु हुन भएकाे सिरिजमा आयाेजकले कोरोना भाइरस महामारीबाट जोगिन पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेकाे जनाएकाे छ।
क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले हाेटलदेखि मैदानसम्म सबै प्राेटाेकल अपनाइएकाे जनकारी दिए। ‘बढ्दाे काेराेना संक्रमणलाई मध्यनजर गर्दै हाेटलदेखि मैदानसम्म सबै प्राेटाेकल अपनाइएकाे छ। खेल हेर्न आउने दर्शकलाई पनि सामाजिक दूरी पालन गराइएकाे छ,’ उनले भने।
खेल हेर्ने डिजिटल प्रविधिमार्फत टिकट लिन लिने व्यवस्था मिलाइएकाे थियाे। तर, कतिलाई प्रवेश दिने भन्नेबारे बिबाद कायमै रहेकाे छ। यद्यपि, दर्शकलाई मास्क र सेनिटाइजरसहित उपस्थित हुन आग्रह गरिएकाे उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।