रविभक्त श्रेष्ठ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ। महासंघको विधानको दफा ३८(क) बमोजिम अनुशासन समिति गठन गरिएको हो।
समितिको उपसभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी रहेका छन्। त्यसैगरी, महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धी एण्ड एसोसिएट्सका संस्थापक अध्यक्ष गान्धी पण्डित अनुशासन समितिमा सदस्य छन्।
महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान समितिको सल्लाहकारमा चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।