काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सहरी क्षेत्रका विद्यालय बन्द गर्ने संकेत गरेका छन्।
सीसीएमसीको बैठकमा जानुअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले विद्यालय बन्द गरी अनलाइनबाटै पढाउनुपर्ने अवस्था आएको बताएका हुन्।
शनिबार (आज) साँझ बस्ने सीसीएमसीको बैठकले यस विषयमा निर्णय गर्नसक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।