काठमाडौं- बालिकाहरुलाई वेश्यावृतिमा लगाएको आरोपमा ७२ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्टहाउसका सञ्चालक दीप भनिने देवबहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे।
ब्यूरोका प्रवक्ता अनुरागकुमार द्धिवेदीका अनुसार एक महिलाले उक्त होटलमा काम गर्न भनि बालिका ल्याइदिएकी थिइन्। ती बालिकालाई देवबहादुर वेश्यावृतिमा लगाएको आरोप लागेको छ।
पक्राउ परेका श्रेष्ठलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।