काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का त्रिकोणात्मक टी-२० सिरिज खेल्न गुमाउने भएका छन्। गत आइतबार अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा उनकाे दायाँ हातको काँधमा चोट लागेको थियो।
जसकारण त्रिकोणात्मक सिरिज गुमाउने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्। पारसले २ देखि तीन हप्तान आराम गर्नुपर्ने हुन्छ।
आयोजक नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज वैशाख ४ (शनिवार) देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
सिरिज डबल राउण्ड रोविनमा सञ्चालन हुनेछ। अर्थात् एक देशले अर्को देशसँग दुई खेल खेल्नेछ। शीर्ष दुई देश फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। नेपालले पहिलो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल शनिबार दिउँसो १:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ। यस्तै नेपालले अन्तिम खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ।
क्यानका अनुसार सिरिजको सम्पूर्ण खेल विभिन्न टेलिभिजनबाट विश्वका १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिनेछ। नेपालमा हिमालयन टेलिभिजन र ओआरएसबाट लाइभ हेर्न सकिन्छ।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।