काठमाडौं–ओप्पोले ए५४ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
फोनमा रहेको शक्तिशाली ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्न सकिने बताइएको छ। यसमा रहेको ओक्टा–कोर प्रोसेसरले सहज रुपमा धेरै कार्य सम्पादन गर्न सकिने बताइएको छ।
६.५१ इन्च डिस्प्ले रहेको फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८ जीबी रोम तथा चार जीबी र्याम प्रयोग गरिएको छ। फोनमा आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोगमार्फत सञ्चय क्षमतालाई m २५६ जीबीसम्म बढाउन सकिने कम्पनीले बताए।
फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ। यसले गर्दा फोन बलियो र सजिलै नबांगिने हुनुका साथै बोक्दा आरामदायी अनुभवसमेत प्राप्त हुने कम्पनीको दाबी छ।
फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगर प्रिन्ट अनलक प्रविधि पनि उपलब्ध छ।
ए५४मा तीनवटा क्यामेराको समायोजन गरिएको छ। ए५४मा एआई ब्युटिफिशेन सुविधा सहितको १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ ।
क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दुई रङमा उपलब्ध ओप्पो ए५४ मूल्य २५ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।