मुम्बई- ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले पहिलाे जित निकालेकाे छ। बिहिबार भएकाे खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै राजस्थानले जित हात पारेकाे हाे।
राजस्थानका लागि डेविट मिलरले सर्वाधिक ६२ रनकाे याेगदान दिए। उनले ४३ बलमा ७ चाैका र २ छक्का प्रहार गरे।
यस्तै क्रिश माेरेसले १८ बलमा ४ छक्कासहित ३६ रन बनाए। १७ बलमा २ चाैकासहित राहुल तेवाटियाले १९ रन बनाए। यस्तै जयदेव उनाकटले ११ रन बनाए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।
दिल्लीका लागि अभेस खानले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए। यस्तै क्रिस वोक्सले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए। ४ ओभरमा ३० रन खर्चेका कगिसो रबाडाले २ विकेट लिए।
यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनायो।
दिल्लीका कप्तान ऋषभ पन्तले ३२ बलमा ९ चौकासहित सर्वाधिक ५१ रनको योगदान दिए।
लित यादवले २०, टम करन २१ र क्रिस वोक्सले १५ रन बनाए।
राजस्थानका लागि जयदेव उनादकटले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिए।
जितसँगै राजस्थानले लिगमा २ खेलबाट २ अंक जोडेको छ। राजस्थान पहिलो खेलमा पन्जाब किङ्ससँग ४ रनले पराजित भएको थियो। यता, दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ। दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई सात विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।