काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै अस्पतालमा भएका कूल शय्यामध्ये पचास प्रतिशत शय्या कोरोना संक्रमतिको लागि छुट्याउन निर्देशन दिएको हो।
मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार मापदण्डअनुसार नि:शुल्क गर्न निर्देशन दिएको छ।
यस्तै, बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरुको काेराेना परीक्षण तथा उपचारमा उच्च प्राथमिकता दिन पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।