काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४९० जनामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १५२ पीसीआर परीक्षणबाट ४९० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
यता ५६४ एन्टिजेन परीक्षण गर्दा थप ४४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७४ हजार ६०४ पुगेकाे छ। त्यस्तै कोरोना संक्रमण भएर ४ हजार ३८४ जना आइसोलेसनमा रहेका छन् र ६८ क्वारेन्टाइनमा रहेका छन्।
हाल देशभर ४ हजार ३८४ सक्रिय संक्रमित रहेका छन्। पछिल्लाे २४ घण्टमा थप ५ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।