काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बावेका पूर्वप्रशिक्षक तथा कप्तान हेथ स्ट्रिकलाई आठ वर्षको प्रतिबन्ध लगाएकाे छ। आईसीसीकाे ‘एन्टी करप्सीसन कोड’सहित विभिन्न ५ आचारसंहिता उल्लंघन गरेको आराेपमा उनीमाथि प्रतिबन्ध लगाइएकाे हाे।
‘स्ट्रिकले आराेप स्वीकार गरेका छन्। आचारसंहिताको प्रावधानअनुरूप न्यायाधिकरणको सुनुवाइको सट्टा उनीमाथि प्रतिबन्ध लगाउने घाेषणा गरिएकाे छ,’ आईसीसीकाे विज्ञप्तिमा भनिएकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेटका साथै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको टी-२० लिगका खेलहरुमा समेत उनले उक्त आचारसंहिता उल्लंघन गरेको जनाइएकाे छ।
‘पूर्वकप्तान तथा प्रशिक्षकको रूपमा उनले विश्वासको ओहदा लिएका थिए र खेलको निष्ठा कायम गर्ने कर्तव्य पूरा गरेका थिए,’ आईसीसीकाे विज्ञप्तिमा भनिएकाे छ। ‘उनले चारपटक अन्य चार खेलाडीलाई उन्मुक्ति दिन आचारसंहिता उल्लंघन गरे।’
जिम्बावेको प्रशिक्षक रहँदा सन् २०१६ देखि १८ सम्म उनले उक्त आचारसंहिता उल्लंघन गरेको बताइएको छ।
४७ वर्षीय स्ट्रिकले १९९३ देखि २००५ सम्म जिम्बावेका लागि खेलेका थिए। उनले ६५ टेस्ट र १८९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।