काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५८० जनामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८९ पीसीआर परीक्षणबाट ५८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
यता ४५१ एन्टिजेन परीक्षण गर्दा थप २३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५४ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७४ हजार २ सय १८ पुगेकाे छ। त्यस्तै कोरोना संक्रमण भएर ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन्।
हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३५९९ जना होम आइसोलेसनमा छन्। पछिल्लाे २४ घण्टमा थप ५ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।