मुम्बई- बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘धमाका’ ओटीटी प्लेटफर्ममा बिक्री भएको छ।
यो फिल्मलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको भारतीय मिडियाले दाबी गरेका छन्। फिल्म ‘धमाका’ कोरियन फिल्म ‘द टेरर लिभ’को हिन्दी रिमेक हो।
यसलाई रोनी स्क्रुवाला, अमिता मधवानी र राम मधवानीले निर्माण गरेका हुन्।
काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि भारतका केही समहरमा कर्फ्यूदेखि लकडाउनसम्म लागू गरिएकाे छ।
यही संख्यामा काेराेना संक्रमण बढ्दै गए पुन: लकडाउन हुने सरकारले चेतावी समेत दिसकेकाे छ।
यस्ताे अवस्थामा फिल्म हलहरु पनि बन्द नै रहने छन्। जसकाे कारण निर्माण भएर लामाे समयसम्म प्रदर्शनमा आउन नसकेका फिल्महरुकाे संख्या अधिक भएकाे छ।
यसैले पछिल्लाे समय निर्माताहरुले धमाधम आप्नाे फिल्म ओटीटी प्लेटर्फममा बिक्री गर्दै आएका छन्।
यसअगाडि नायक अक्षय कुमारले ‘लक्ष्मी’ फिल्मलाई ओटीटी प्लेटर्फममा बिक्री गरेका थिए। उनकाे फिल्म ११० करोडमा बिक्री भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।