काठमाडौं–उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिमविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरेका छन्।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना दिँदै उनले संक्रमणको जोखिम झनै बढेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउनसमेत आग्रह गरेका छन्।
‘सिङ्गो मानवजगत कोभिड–१९ सँग जुधिरहेको छ,’ उनले भनेका छन्, ‘नेपाल सरकारले पनि कोभिड–१९ विरुद्धको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको छ।’ सरकाले जारी गरेका स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्ड कडाइका साथ पालना गर्नसमेत उनले आग्रह गरेका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान साकार पार्न सबै नेपालीलाई एकताबद्ध हुनुपर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।