चितवन- चितवनको भरतपुर महानगरपालिका-१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मंगलबार मृत्यु भएको छ।
निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमुना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए। उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको तिवारीले बताए।
चितवनमा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अहिले ६८ जना सक्रिय सङ्क्रमित छन्। तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख तिवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।