काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गरेको छ। नयाँ वर्षको अवसरमा विभिन्न ब्राण्डेड स्टोरहरूमा सामान खरिद गर्दा १५०० सम्म छुट प्रदान गर्ने विषयमा दराजसँग द्विपक्षीय समझदारी गरिएको बैंकले जनाएको छ।
समझदारी अनुसार एनएमबिका डेबिट कार्डधारक ग्राहकले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा एक हजार रूपैयाँसम्म र क्रेडिट कार्डधारक ग्राहकले २० प्रतिशत वा एक हजार ५ सय रूपैयाँ सम्म छुट पाउनेछन्।
हालको प्रदूषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गर्दै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि गर्ने तथा समुदायस्तरमा सर्वसाधारण सबैले मुलधारको बैंकिङ महशुस गराउने माध्यमको रूपमा आफूलाई उभ्याएको बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।