काठमाडाैं- पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जनामा पुष्टि भएकाे हाे।
यस्तै ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको छ। साेमबारदेखि मन्त्रालयले बुलेटिनमा एन्टिजेन परीक्षणकाे नतिजा पनि दिन थालेकाे छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३८ जना संक्रमणमुक्त भएका छन्। याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७४ हजार १६५ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार ५३ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।