मुम्बई- समलैंगिक प्रेम कथामा आधारित वेव सिरिज ‘हिज् स्टोरी’लाई पोष्टर चोरीको आरोप लागेसँगै एकता कपुरको डिजिटल च्यानल एएलटी बालाजीले माफी मागेको छ।
एएलटी बालाजीले पोष्टर चाेरीको आरोपमा माफी मागेपछि यसले उत्पन्न गराएको बिबाद केही हदसम्म मत्थर भएको छ।
केही दिन अगाडि मात्रै एकता कपुरको नयाँ वेव सिरिज ‘हिज् स्टोरी’को पोष्टर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको एकै दिनमै चाेरीकाे आरोप लागेकाे हाे।
याे सन् २०१५ मा प्रर्दशनमा आएको फिल्म ‘लभ’ को पोष्टरसँग मिल्दाेजुल्दाे रहेकाे बताइन्छ।
सोही अनुरुप ‘लभ’ का आर्ट डाइरेक्टर जहान बक्सी र उक्त फिल्मका निर्देशक सुधान्शु सरियाले साहित्यिक चोरीको आरोप लगाएका हुन्।
समलैंगीक पुरुषको प्रेमकथामा आधारित सिरिजको पोष्टरमा कलाकार मृणाल दत्त र सत्यदीप मिश्राको बेडसिन राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।