काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा ३०३ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२५ जनाको पीसीआर परीक्षणमा ३०३ मा कोरोना संक्रमण पुष्टि भएकाे हाे।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ।
गत २४ घण्टामा १४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै सक्रिय संक्रमितकाे संख्या २ हजार ९६१ रहेकाे छ।
हालसम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।