काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ मा कोरोना संक्रमण पुष्टि भएकाे हाे।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।
गत २४ घण्टामा १२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल ८४ जना क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ३ हजार ३८ कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टा काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।