काठमाडाैं- एक खेल अगावै ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताकाे फाइनलमा पुगिसकेकाे विभागीय टोली एपीएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई हराएकाे छ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गरेकाे हाे। एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहदै २१ रन जोडिन्।
नितु भण्डारीले १७ रन बनाइन् । एपीएफकी बिनु बुढा र रेखा रावलले १/१ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन्। कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीका स्वतिका बजगाई र कृतिका मरासिनीले २/२ विकेट लिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।