काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षणमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७ढ हजार १०० पुगेको छ।
गत २४ घण्टामा ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै काेराेना संक्रमणमुक्त हुनेकाे हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल ७७जना क्वारेन्टाइनमा छन्। हालसम्म काेराेना संक्रमणबाट ३ हजार ३८ काे मृत्यु भएकाे छ। तर, पछिल्लाे २४ घण्टामा कसैकाे मृत्यु भएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।