काठमाडाैं–नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको छ।
प्रतिष्ठान प्रदेश समिति उपाध्यक्षमा नेपाललाइभकर्मी वीरेन्द्र ओली, महासचिवमा पनि नेपाललाइभकै रामकुमार शाही विजयी भएका छन्।
त्यसैगरी, प्रतिष्ठानको महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।