काठमाडौं– इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले पोर्चुगलको पोर्टोलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम पोर्टोविरुद्ध चेल्सीले सहज जित निकालेको हो। चेल्सीको जितमा मासोन माउन्ट र बेन चिलवेलले गोल गरे। पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
खेलको ३२ मिनेटमा मासोनले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए। यो जितेसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
अब चेल्सीले पोर्टोसँग आफ्नै मैदानमा १४ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।