काठमाडौं– साविक विजेता बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ। बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–२ गोलअन्तरले पराजित भएको हो।
जर्मन क्लब बायर्न आफ्नै मैदानमामा पिएसजीसँग पराजित भएको हो। यो जितसँगै पिएसजीले भने सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। खेलको तेस्रो मिनेटमा नै कलियन एमबाप्पेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो।
खेलको २८ औं मिनेटमा माक्युइन्होसले गोल गर्दै बायर्नविरुद्ध पिएसजीलाई २–० गोलको अग्रता दिलाए। खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई २–१ गोलको स्थितिमा ल्याए। ६० औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–२ गोलको बराबरी दिलाए। तर यसको आठौं मिनेटमा अर्थात खेलको ६८ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै बायर्नविरुद्ध ३–२ गोलको अग्रता दिलाए।
खेल अवधिभर पिएसजीविरुद्ध बायर्नले एकपछि अर्को गोल गर्ने अवसर निकालेको थियो। बायर्नले ३१ पटक पिएसजीको पोष्टमा गोलको लागि प्रहार गरेको थियो। जबकी पिएसजीले ६ पटक मात्रै बायर्नको पोष्टमा प्रहार गर्यो। ६४ प्रतिशत बल पोसिजन आफ्नो पक्षमा राख्दै एकपछि अर्को गोल गर्ने सिर्जना गरेपछि बायर्न पिएसजीसँग ३–२ गोलले स्तब्ध बन्यो। अब च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग पिएसजीसँग बायर्नले १४ अप्रिलमा खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।