काठमाडौं- टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण सुरु भएको छ। प्रयोगशालामा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट काेराेना परीक्षण हुने बताइएकाे छ।
प्रयोगशालाबाट जारी सूचना अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउनेछ। प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो।
'यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनी चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछ,' सूचनामा भनिएको छ। यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।