काठमाडाैं- राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको बैठकले पार्टीसँग आवद्ध सात संगठनका पदाधिकारीको समायोजन गरेका छन्।
बैठकले पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा अध्यक्ष कुन्तीकुमारी शाही र सहअध्यक्षमा ममता राईलाई चयन गरेकाे छ। पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा अध्यक्षद्वय प्रकाश रिमाल र राजु लोहनी छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा कार्यकारी अध्यक्ष महेशबहादुर सिंह र धनशुर शाहीलाई अध्यक्ष बनाइएकाे छ।
त्यसैगरी, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनमा ऋषिबाबु परियारलाई अध्यक्ष र सरला विश्वकर्मालाई सहअध्यक्ष चयन गरिएकाे छ। राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनको अध्यक्षमा सलाउद्दिन जसगढ र सहअध्यक्षमा हजबुल मियाँ चयन भएका छन्।
यता, राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठनमा लालध्वज लामा र आङ्गनिमा शेर्पा अध्यक्ष रहेका छन्। राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको अध्यक्षमा ध्रुव रायमाझी (उदयपुर) र सहअध्यक्षमा राममणि न्यौपाने चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।