काठमाडाैं- पछिल्लाे २४ घण्टमा नेपालमा ३३९ जना कोरोना संक्रमित थपिएका छन्। पीसीआर परीक्षणमा २९८ र एन्टिजेन परीक्षणमा ४१ जनामा संक्रमित पुष्टि भएकाे हाे।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार ४१ सयकाे पीसीआर परीक्षण गरिएकाे छ। यस्तै एक हजार ४० काे एन्टिजेन परीक्षण गरिएकाे छ।
पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं १३२, ललितपुर २६ र भक्तपुरमा ५ जना रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २२ सय १ छ भने ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै, पछिल्लाे २४ घण्टामा ७४ जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा संक्रमण हुनेकाे संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लाे २४ घण्टामा थप २ काेराेना संक्रमितकाे मुत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ३ हजार ३८ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।