काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २६० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
याेसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ।
पछिल्लाे २४ घण्टामा ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ। त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।