काठमाडाैं- दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले मोबाइल फोन उत्पादन र बिक्री नगर्ने भएको छ। कम्पनीले जुलाई ३१ बाट मोबाइल फोन उत्पादन र बिक्री नगर्ने जनाएकाे हाे।
कम्पनी घाटामा गएकाे र मोबाइल बिक्री हुन छाडेपछि यो शाखालाई नै बन्द गर्ने निर्णय गरेकाे विज्ञप्तिमा उल्लेख छ। अलजजिराका अनुसार एलजीले अब विद्युतीय सवारी साधन, स्मार्ट होम्स, रोबोटिक्स र कृतिम बौद्धिकता जस्ता कुराको विकास गर्नमा लगानी गर्नेछ। तर, कम्पनीले कारको पार्ट्स र छैटौं पुस्ताको मोबाइल प्रविधिको विकासमा भने लगानी गर्नेछ।
सन् २०१३ सम्म सामसुङ र एप्पलपछि सबैभन्दा धेरै मोबाइल उत्पादन गर्ने तेस्रो ठूलो कम्पनी थियो एलजी। गतवर्ष एलजीको कुल बिक्रीको ८.२ प्रतिशत हिस्सा मोवाइल फोनले ओगटेको थियो। एलजीले मोबाइल शाखाबाट मात्र पछिल्लो ६ वर्षमा ४ अर्ब ५० करोड डलर घाटा व्यहोरेको कम्पनीले जनाएकाे छ।
यो कम्पनी अल्ट्रावाइड क्यामेरा लगायत नयाँ प्रविधियुक्त मोबाइल फोन निर्माण गर्ने पहिलो कम्पनीसमेत हो। अमेरिकामा एलजीले मध्यम मूल्यलाई लक्षित गरेको छ। यसको मतलब एप्पल र सामसुङका प्रयोगकर्ताहरूलाई एलजीले आकर्षित गर्न सकेकाे छैन।
माेबाइल विश्लेशकहरुका अनुसार एलजीकाे बिक्री घट्नुमा सफ्टवेयर र हार्डवेयरकाे समस्या हाे। यसकाे सफ्टवेयर अपडेट स्लाे रहेकाे छ। यसका साथै एलजीले चिनियाँ ब्राण्डका माेकाइलहरुसँग प्रतिस्पर्धा गर्न नसेकाे पनि बताइन्छ।
एलजी अगाडि नाेकिया, एचटीसी र ब्ल्याकबेरी जस्ता प्रसिद्ध मोबाइल ब्रान्डहरू लाेप हुने अवस्थामा पुगेका छ। तर, यी माेबाइल कम्पनी पूर्ण रूपमा बन्द भने हुन सकेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।