काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ सय २ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ। हाल ६४ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।