काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७६ जनामा कोरोना पुष्टि भएको हाे।योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ। जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ सय १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ। हाल ५७ जना क्वारेन्टिनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।