काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७ सय २७ जनाको पिसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ। जसमध्ये १ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ सय ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।