काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको छ। जसमध्ये १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ६१ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।