काठमाडाैं- पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जना कोरोना भइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना पुष्टि भएको हाे।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको छ। ।जसमध्ये १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।