काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३१ सय ४० जनाको पिसिआर परीक्षण गर्दा १६७ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १४७ जना पुगेको छ। जसमध्ये १३ सय ९० जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ११५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।