फाइल तस्बिर काठमाडाैं- जोरपाटी-साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य पुन: सुरु भएको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो। स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य सुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ।
आयोजनाका इन्जिनियर वसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताए। अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको उनले बताए।
जोरपाटी-साँखु सडकखण्डको खुलालटार क्षेत्रमा ६०/७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ। सडकखण्ड २२ मिटरको चौडा हुनेछ। जसमा दुई/दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ।
कूल ११.४६ किलोमिटर लम्बाइ रहेको चाबहिल-जोरपाटी-साँखु सडकखण्डमध्ये चाबहिलदेखि जोरपाटी बागमती पुलसम्मको सडक कालोपत्रे भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।