• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भ्याक्सिनको दोस्रो मात्रा लगाउन ढिला भए के हुन्छ? चिकित्सक भन्छन्- आत्तिनुपर्दैन

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  ०६:३०
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमण विश्वभर पुनः उकालो लागिरहेको छ। एक वर्षभन्दा बढी समयदेखि कोरोनासँग जुधिरहेको विश्वले अझै कोरोनाबाट मुक्ति पाउने देखिदैन।

एक वर्षको अवधिमा कोरोना भाइरसका विभिन्न भेरियन्ट विकास भइरहँदा धेरै देशमा कोरोना भाइरसविरुद्ध विकास गरिएको खोप पनि लगाउने क्रम तीव्र रुपमा भइरहेको छ।

कोरोना भाइरसबाट बच्नका लागि विकास गरिएको खोपको माग विश्वभर अत्याधिक रुपमा भइरहँदा यसको अभाव सिर्जना भइरहेको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ।

नेपालले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइरहेको छ। माघ १४ गतेदेखि चैत ६ गतेसम्म सम्पन्न खोप अभियानमा करिब १६ लाख बढीले खोप लगाइसकेका छन्।

तर, खरीद गरेको १० लाख खोप भारतले समयमा नपठाउँदा नेपालमा खोप अभियान भने रोकिएको छ। सेरमसँग नेपालले २० लाख डोज खोप खरीदका लागि अग्रिम भुक्तानी गरेको थियो। त्योमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। सेरमले बाँकी खोप अप्रिल अन्तिमसम्म पठाउने बताएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

कोरोनाको खोपको सुरुवात गर्ने क्रममा नेपाल जसरी अघि बढेको थियो, पछिल्लो समय खोपको दोस्रो मात्रा लगाउन र पहिलो समेत नपाएकाहरुलाई खोप उपलब्ध गराउन सकिरहेको छैन।

हुन त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएका नागरिकलाई वैशाख ७ देखि १४ गतेसम्म दोस्रो डोज खोप लगाउने घोषणा गरिसकेको छ।

पहिलो मात्रा लगाएका धेरै नागरिक खोप अभावका कारण दोस्रो मात्रा लगाउन नपाइने हो कि, दोस्रो मात्रा लगाउन नपाए वा ढिला भएमा के हुने भन्ने जस्ता जिज्ञासाले चिन्तित बनिरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

कोरोना खोपको दोस्रो मात्रा लगाउन ढिलाइ भएमा के हुन्छ?
कोरोनाविरुद्ध उत्पादन गरिएको र आपतकालीन प्रयोगका लागि अनुमति पाएका धेरै खोप दुई डोज लगाउनुपर्ने प्रकृतिका छन्। नेपालमा लगाइएको खोपको पनि दुई डोज नै लगाउनु पर्ने हुन्छ।

खोपको पूरा मात्रा लगाएको एक महिनापछि शरीरमा न्युट्रोलाइजेन एन्टिबडी बन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। पहिलो खोप लगाएको २८ दिनदेखि धेरैमा ३ महिनाभित्र दोस्रो डोज लगाइसक्नुपर्ने उनको भनाइ छ। खोप लगाएको एक महिनापछि मात्र शरीरमा एन्टिबडी बन्ने अध्ययनले देखाएको उनको भनाइ छ।

पछिल्लो समय विकास गरिएको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको खोप भने एक मात्रा लगाए मात्र पुग्ने बताइएको छ। तर, अन्य खोप भने दुई मात्रा लगाउनुपर्ने प्रकृतिका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम दोस्रो मात्रा ढिलाइ भएमा वा नलगाएमा पनि खासै असर नपर्ने बताउँछन्।

उनी भन्छन्, ‘डब्ल्यूएचओका अनुसार कोभिड खोपको प्रभावकारिता ७२ प्रतिशत हो। पहिलो मात्राको ६० प्रतिशत प्रभावकारिता हुन्छ भनिएको छ। बाँकी १२ प्रतिशत पूरा गर्नका दोस्रो मात्रा आवश्यक छ। ७ दिन जति भयो डब्ल्यूएचओले दोस्रो भन्दा पहिलो मात्रा लगाउनमा जोड देऊ भनेको छ। समयमा लगाउन सकियो भने त राम्रो भयो। हामीले सबैलाई दोस्रो मात्रा दिने नै भनेका छौँ।’ 

उनले विश्व स्वास्थ्य संगठनले पनि पहिलो र दोस्रो मात्रा बीचको अन्तर तीन महिना तोकेकोले अझै ढिला भइनसकेको बताउँछन्। उनी दोस्रो डोज पनि समयमा नै लगाउन पाइने दाबी गर्छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला पनि दोस्रो मात्रा लगाउन ढिलाइ हुँदा समस्या नहुने बताउँछन्। 

उनी भन्छन, ‘पहिलो डोज लगाएपछि खोपले तीन महिना काम गर्छ भन्ने हो। दोस्रो खोप लगाउने बित्तिकै कोरोना नलाग्ने वा नसर्ने भन्ने होइन। त्यसैले दोस्रो डोज ढिलाइ हुँदा आत्तिहाल्नु पर्दैन।’

खोपको लागि काम गरिरहेको द भ्याक्सिन एलाइन्स गाभीले पनि दोस्रो मात्रा लगाउन नपाएको खण्डमा डराउन पर्ने अवस्था नरहेको जनाएको छ।

अमेरिकास्थित रोचेस्टर युनिभर्सिटी न्यूयोर्कका माइक्रोबायोजोजिष्ट तथा इम्यूनोलोजिष्ट डेभिड तोपहमले खोप अभावमा दोस्रो मात्रा लगाउन नपाइएमा त्यो ठूलो समस्या नभएको बताएका छन्।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै आइतबार, असार २१, २०८३
एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह : ‘बजेटमा छुटेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गरियोस्’ आइतबार, असार २१, २०८३
एमालेको सचिवालय बैठक २५ असारमा आइतबार, असार २१, २०८३
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्